कतार बिश्वकप हेर्न चाहनुहुन्छ ? यसरी लिनुस कतार विश्वकपको टिकट

समाचार

काठमाडौं : विश्वकप सुरु हुन अझै १ सय ४४ दिन बाँकि छ । कतार विश्वकप यो अर्थमा पनि विशेष छ कि सन् २०२२ को विश्वकप जाडो मौसममा हुँदैछ । आगामी नोभेम्बर २१ मा फुटबलको महाकुम्भको सुरुवात हुनेछ । उद्घाटन खेलमा आयोजक कतार र इक्वेडरबीच खेल हुने भएपनि सो अघि नै महाकुम्भमा सेनेगल र नेदरल्यान्ड्सबीच भिडन्त हुनेछ । २२औं संस्करणको फिफा विश्वकप कतारको ५ सहरका ८ मैदानमा खेलाइनेछ । ३२ वटा राष्ट्रहरु फिफा विश्वकप खेल्नका लागि छनोट भएसँगैं संसारभर छरिएर रहेका फुटबल प्रेमीहरुमा गर्मागर्मी छाएको छ ।

फिफाका अध्यक्ष जियानी इन्फान्टिनोले यो वर्ष करिब ५ बिलियन मानिसहरुले टिभीबाट प्रत्यक्ष खेलको आनन्द लिन सक्ने बताईसकेका छन् । प्रत्यक्ष खेल हेर्नका लागि १२ लाख टिकट बिक्रि भइसकेको जानकारी आयोजकहरुले दिइसकेका छन् । खेल सुरु हुनु भन्दा अघिसम्म झन्दै २३.५ मिलियन टिकट बिक्रि भइसक्ने आयोजकको भनाइ छ । अहिलेसम्मको टिकट बिक्रिको रेकर्डलाई हेर्दा अर्जेन्टिना, ब्राजिल, इंग्ल्यान्ड, फ्रान्स, मेक्सिको, कतार, साउदी अरेबिया र अमेरिकाबाट सबैभन्दा धेरै टिकट किन्नेहरुको संख्या छ । कतारले यो विश्वकप भर १२ लाख पर्यटक भित्राउने लक्ष्य लिएको छ ।

कतारमा हुने विश्वकपको सबैभन्दा सस्तो टिकटको मुल्य नै २५० रियाल अर्थात ६९ डलर रहेको छ । तर कतारकै स्थानिय बासिन्दाहरुका लागि भने ४० कतारी रियाल अर्थात ११ डलर मात्र पर्ने फिफाले बताएको छ । विश्व कपमा अहिलेसम्म सबैभन्दा सस्तो मुल्यको टिकट भने सन् १९८६ मेक्सिकोमा भएको विश्पकपलाई मान्न सकिन्छ । किनकी त्यो विश्वकपमा टिकटको मुल्य जम्मा ३ डलर थियो ।

फिफाले यो पटकको विश्वकपबाट टिकट र बिभिन्न सेवा सुविधा दिएर ५ सय मिलियन राजस्व (रेभिन्यु) संकलन गर्ने लक्ष्य लिएको छ । कतारले विश्वकपकै लागि भनेर ८ वटा नयाँ रंगशालाको निमार्ण गरिरहेको छ । ती निमार्ण भइरहेको रंगशाला राजधानी दोहाको ३० माइल आसपास बनाइएको छ । जसले गर्दा पर्यटक र खेल प्रेमिहरुका लागि कुनै पनि प्रकारको सुबिधामा कमि आउन नदिने आयोजकको भनाई छ ।
कतार एअरलाइन्सले फिफालाई स्पोन्सर गरेका कारण उसले कतारमा आउने खेल प्रेमि र पर्यटकहरुका लागि प्याकेजका रुपमा आफ्नो फ्लाइटको टिकट बेचिरहेको छ । उसले निकालेको प्याकेज अन्तर्गत एअरलाइन्सले फ्लाइट टिकट, होटल बुकिङ र खेलको टिकट बेचिरहेको छ ।

अर्कोतिर सन् २०१८ मा रसियामा भएको विश्वकप भन्दा यस पटक टिकटको मुल्य ४६ प्रतिशत बढि छ । सन् २०१८ को विश्वकपको फाइनल खेलमा ११ सय डलर परेको टिकट यो पटक भने १६ सय डलर पर्ने भएकाले खेल प्रेमिहरु टिकट मूल्यको वृद्विका विरुद्व आवाज उठाइरहेका छन् ।

Facebook Comments Box
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0