गोल मेसिन रोमेलु लुकाकु इन्टर फर्किए

समाचार

काठमाडौं । बेल्जियमका स्ट्राइकर रोमेलु लुकाकु लोनमा इन्टर मिलान फर्किएका छन् । गत वर्षको सरुवा बजारमा चेल्सीले लुकाकुलाई स्टामफोर्ड ब्रिजमा भित्राउनका लागि ९७।५ मिलियन पाउन्ड खर्चिएको थियो ।

केही महिना अघि लुकाकुले आफू स्टामफोर्ड ब्रिजमा सन्तुष्ट नरहेको भन्दै इन्टर फर्कने इच्छा व्यक्त गरेका थिए । इन्टरले चेल्सीबाट लुकाकुलाई क्लबमा फर्काउन ६।९ मिलियन पाउन्ड खर्चिएको बताइएको छ ।

लुकाकुको प्रेरणादायी प्रदर्शनमा इन्टरले २०२०(२१ सिजनमा इटालियन सिरी ए को उपाधि जितेको थियो । गत सिजन लुकाकुले चेल्सीबाटबाट पहिलो रोजाईमा कम अवसर पाएका थिए । उनले गत सिजन सबै खाले प्रतियोगिता गरि १५ गोल गरेका थिए ।

 

Facebook Comments Box
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0