नेपालको एनआरटीको इन्डोनेसियन क्लबसँग शर्मनाक हार

समाचार

काठमाडौं : प्रि-सिजन टुरका लागि मलेसियामा रहेको ए डिभिजन क्लब न्युरोड टिम (एनआरटी) आफ्नो पहिलो खेलमा पराजित भएको छ। मलेसियाको पेनाङमा जारी टिवाइटी कपको पहिलो खेलमा एनआरटीलाई इन्डोनेसियाको कारो एफसीले ५-१ गोलले पराजित गर्‍यो।

कारो इन्डोनेसियाको दोस्रो डिभिजनको लिग-२ खेल्ने क्लब हो। अब एनआरटीले आफ्नो दोस्रो खेलमा पर्सी शनिबार पेनाङसँग खेल्नेछ। पेनाङ मलेसियाको सुपर लिग क्लब हो। लिगको अंकको आधारमा विजेता र उपविजेता टोलिको टुंगो लाग्नेछ।

प्रतियोगिता पेनाङका शहर प्रमुख मिस्टर याङले पदबहाली ग्रहण गरेको पहिलो बार्षिकोत्सवको अवसरमा आयोजना भएको हो। प्रतियोगिताको विजेताले १० हजार मलेसियन रिङ्गेट पुरस्कार जित्नेछ। उपविजेता टोलीले ५ हजार मलेसियन रिङ्गेट पुरस्कार जित्नेछ।

एनआरटीले थाइल्याण्डमा ३ मैत्रीपूर्ण खेल खेल्ने तालिका रहेको छ। जसमध्ये एक खेल थाई लिग वान क्लव चोनबुरी एफसीसँग खेल्ने छ। एनआरटीको टोली मलेसियाबाटै थाइल्याण्ड जाने तालिका रहेको छ।

Facebook Comments Box
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0