मोहम्मद सलाह थप तीन वर्ष लिभरपुलमै

समाचार

काठमाडौं : इजिप्टका फरवार्ड मोहम्मद सलाहले लिभरपुलमा तीन वर्षका लागि आफ्नो सम्झौता नवीकरण गरेका छन्। लिभरपुलमा सलाहको पाँच वर्षको सम्झौता सकिएसँगै उनले नयाँ सम्झौता गरेका हुन्।

नयाँ सम्झौतापछि सलाह अब लिभरपुलमा २०२५ को जुन सम्म रहनेछन्। लिभरपुलमा सलाहले नयाँ सम्झौतापछि प्रतिसाता तीन लाख ५० हजार पाउण्ड पारिश्रमिक पाउनेछन्।

३० वर्षीय सलाह २०१७ देखि अहिलेसम्म लिभरपुलमा पाँच सिजन खेलेका छन्। यसक्रममा उनले २५४ खेल खेल्दै लिभरपुलका लागि १५६ गोल गरेका छन्।

उनी लिभरपुलमा खेल्दै २०१७/१८ र २०२१/२२ सिजनका लागि प्रिमियर लिगको उत्कृष्ट खेलाडी बनेका थिए। भने लिभरपुललाई २०१९/२० को प्रिमियर लिग र २०१८/१९ को च्याम्पियन्स लिग जिताउन महत्वपूर्ण भूमिका खेलेका थिए।

Facebook Comments Box
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Tagged