म्यानचेस्टर युनाइटेडका कोच भन्छन् : ‘जति मोटो रकम पाएपनि रोनाल्डोलाई बेच्दैनौ’

Uncategorized

काठमाडौँ । म्यानचेस्टर युनाइटेडका प्रशिक्षक एरिक टेन ह्यागले क्रिस्टियानो रोनाल्डो बिक्रीमा नभएको बताएका छन् । प्रि-सिजन टूर अन्तर्गत थाइल्याण्ड पुगेका प्रशिक्षक ह्यागले रोनाल्डो म्यानचेस्टर युनाइटेडको आउदो सिजनको योजनामा रहेको स्पष्ट गर्दै उनी बिक्रीमा नभएको बताएका हुन् ।

रोनाल्डोले च्याम्पियन्स लिग खेल्न भन्दै क्लब छोड्न अनुरोध गरेपछि अहिले उनी कुन क्लबमा जान्छन् भन्ने अड्कलबाजीका बीच प्रशिक्षक ह्यागको यस्तो भनाइ बाहिर आएको छ । ह्यागले भनेका छन्- ‘रोनाल्डो अहिले पारिवारिक कारणले टिममा समावेश भएका छैनन्, हामीले रोनाल्डोसहितको टिम अनुसारनै आउदो सिजनको योजना बनाएका छौं ।’

ह्यागले आफु रोनाल्डोसँग काम गर्न उत्सुक रहेको बताउदै उनी बिक्रीमा नभएको बताए । उनले युनाइटेडले रोनाल्डोसँगै सफलता हासिल गर्ने गरि योजना बनाइरहेको बताए । उनले भने- ‘मेरो रोनाल्डोसँग राम्रो कुरा भएको थियो । म यति भन्न सक्छु की हाम्रो कुराकानी निकै राम्रो भएको थियो ।’

फ्यानहरुको कडा आलोचनाका बीच पनि म्यानचेस्टर युनाइटेडले ह्यारी माग्युरेलाई नै आउदो सिजनको कप्तान बनाउने भएको छ । प्रशिक्षक ह्यागले माग्युरे कप्तान हुने पुष्टि गरेका छन् । ह्यागले नयाँ खेलाडी भित्र्याउने विषयमा युनाइटेडमा राम्रा खेलाडी रहेकोले युनाइटेडको खेल्ने तरिका अनुसार खेलाडीलाई प्रशिक्षण दिइने बताए ।

Facebook Comments Box
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0