इङ्ल्याण्डसँग भारतको लज्जास्पद हार, बिराट कोहली सुपर फ्लप

क्रिकेट

काठमाडौं : भारतसँगको दोस्रो एक दिवसीय क्रिकेट इङ्ल्यान्डले १ सय रनले जितेको छ । लर्ड्समा घरेलु टोली इङ्ल्यान्डले दिएको २ सय ४७ रनको लक्ष्य पछ्याएको भारत १ सय ४६ रनमा अलआउट भयो ।

भारतका लागि हार्दिक पाण्ड्या र रविन्द्र जडेजाले सर्वाधक समान २९/२९ रन बनाए । बलिङतर्फ इङ्ल्यान्डका रेस टोप्लीले ६ विकेट लिए ।

उनको यो करियरकै उत्कृष्ट रेकर्ड हो । यसअघि टस हारेर ब्याटिङको निम्तो पाएको इङ्ल्यान्डले मोइन अलीको ४७ र डेविड विलीको ४१ रनकाे मद्दतमा २ सय ४६ रन बनायो । भारतका युजवेन्द्र चहालले ४ तथा जसप्रित बुम्राह र हार्दिक पाण्ड्याले २/२ विकेट लिए ।

जितसँगै ३ खेलको श्रृङ्खला १/१ को बराबरीमा पुगेको छ । यसअघि भएको टी–२० श्रृङ्खला भारतले २/१ ले जितेको थियो ।

Facebook Comments Box
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0