युरोकपको बेला मैदानमा ढलेका एरिक्सन म्यानचेस्टर युनाइटेडमा भित्रिए

समाचार

काठमाडौँ । म्यानचेस्टर युनाइटेडले क्रिस्टियन इरिक्सनलाई भित्र्याएको औपचारिक घोषणा गरेको छ । ३० बर्षिय डेनिस खेलाडी इरिक्सनले २०२५ को जुन महिनासम्म युनाइटेडबाट खेल्ने सहमति गरेका हुन् । २०२० को युरोकपमा मैदानमा ढलेपछि फुटबलमा पुनरागमन गरेका थिए । उनको ब्रेन्टफोर्डमा सम्झौता सकिएकोले फ्री-ट्रान्सफरमा युनाइटेड जाने भएका हुन् ।

इरिक्सन ब्रेन्टफोर्डमा आएपछि ११ खेलमा एक गोल र चार असिस्ट गरेका थिए । इरिक्सन विश्व फुटबलमा उत्कृष्ट प्लेमेकरको रुपमा परिचित छन् । उनको आगमनले युनाइटेडको मिडफिल्ड बलियो हुने अनुमान गरिएको छ । अझ क्रिस्टियानो रोनाल्डोले क्लब छोड्ने बताइरहेका बेला इरिक्सनको आगमनले केहि राहत हुने देखिएको छ ।

रोनाल्डोले च्याम्पियन्स लिग खेल्ने चाहना व्यक्त गर्दै राम्रो अफर आएमा क्लब छोड्ने जानकारी गराएको रिपोर्ट बाहिर आएको छ । उनी क्लबको प्रशिक्षणदेखि प्रि-सिजन टूरबाट पनि पारिवारिक कारण देखाएर अनुपस्थित रहेका छन् ।

रोनाल्डोलाई पिएसजी, बायर्न म्युनिख, चेल्सीलगायतका क्लबले नकिन्ने बताइसकेका छन् भने अब एटलेटिको म्याड्रिड, नापोली, एसी मिलान लगायतका क्लबले चासो देखाएको मिडिया रिपोर्ट बाहिर आएको छ । तर युनाइटेडले भने रोनाल्डोलाई नबेच्ने बताउदै आएको छ ।

Facebook Comments Box
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0