लेवान्डोस्की स्पानिस क्लब बार्सिलोना जाने लगभग पक्का

समाचार

काठमाडौं । फरवार्ड रोबर्ट लेवान्डोस्की स्पानिस क्लब बार्सिलोना जाने लगभग पक्का भएको छ । बार्सिलोनाले लेवान्डोस्कीलाई बायर्न मयुनिखबाट ५० मिलयन युरोमा अनुबन्ध गर्न सहमतीमा पुगेको स्काई स्पोर्ट्सले उल्लेख गरेको छ ।

फुटबल सरुवा बजारका विज्ञ फाब्रिजियो रोमानोले लेवान्डोस्कीले बार्सिलोनासँग यतै साता सम्झौता गर्ने बताएका छन् । स्काई स्पोर्ट्सका अनुसार लेवान्डोस्की स्वास्थ्य परिक्षणका लागि शनिवार स्पेन जानेछन् । उनले बार्सिलोनासँग तीन वर्षको सम्झौता गर्ने र एक वर्ष सम्झौता थपको विकल्प समेत रहेको स्काई स्पोर्ट्सले जनाएको छ ।

जर्मन च्याम्पियन बायर्नसँग एक वर्षको सम्झौता बाँकी हुँदै पोल्याण्डका लेवान्डोस्कीले क्लब छाड्न चाहेको बताउँदै आएका थिए । चेल्सी र पेरिस सेन्ट जर्मेनबाट आएको प्रस्ताव अस्वीकार गर्दै लेवान्डोस्कीले बार्सिलोना नै जान चाहेको बताउँदै आएका थिए । बार्सिलोना प्रि सिजन टुर सकाएर फर्केपछि लेवान्डोस्कीलाई क्लमा प्रस्तुत गरिने मार्काले उल्लेख गरेको छ ।

Facebook Comments Box
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0