रोनाल्डोलाई लिन चेल्सीले समेत मानेन

समाचार

काठमाडौं । प्रिमियर लिग क्लब चेल्सीले पोर्चुगिज स्टार क्रिस्टियानो रोनाल्डोलाई अनुबन्ध नगर्ने भएको छ । भर्खरै मात्र चेल्सीले म्यान्चेस्टर सिटीबाट रहिम स्ट्रलिङलाई अनुबन्ध गरेको थियो ।

त्यसपछि रोनाल्डोलाई अनुबन्ध गर्ने विषयमा चेल्सीले इच्छा नदेखाएको बीबीसीले जनाएको छ । यसअघि चेल्सीले म्यानचेस्टर युनाइटेडका फरवार्ड अनुबन्धका लागि १४ मिलियन पाउन्डको प्रस्ताव तयारी गरेको थियो । पछिल्लो समय युनाइटेड छाड्ने योजना बनाएका रोनाल्डो यो गत सिजन युभेन्ट्सबाट युनाइटेड आएका थिए ।

रोनाल्डोको युनाइटेडसँगको सम्झौता एक वर्ष बाँकी रहेको छ । तर, रोनाल्डो त्यसअघि नै क्लब छोड्ने मुडमा छन् । युनाइटेडको प्रि सिजन टुरमा पनि रोनाल्डो सहभागि छैनन् । यता युनाइटेड भने रोनाल्डोलाई अझै एक सिजन क्लबमा राख्ने योजनामा छ ।

Facebook Comments Box
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0