खेलाडीलाई मैदान छाड्न निर्देशन दिने विराटनगरका प्रशिक्षकमाथि १ वर्षको प्रतिबन्ध

नेपाल सुपर लिग फुटबल

काठमाडौं। नेपाल सुपर लिग (एनएसएल)को आयोजक नेपाल स्पोर्टस् एन्ड इभेन्ट म्यानेजमेन्टले खेल अनुशासन उल्लङघन गरेको भन्दै फ्रेन्चाइज टोली विराटनगर सिटी एफसीलाई एक लाख रुपैयाँ जरिवाना गरेको छ।

समितिले टिमका मुख्य प्रशिक्षक यान ललाई १ वर्षको प्रतिबन्ध र ५० हजार जरिवाना तोकेको छ । क्लबका निर्देशक सोनम घले, सहायक प्रशिक्षक निशान श्रेष्ठ र सहायक व्यवस्थापक मिलन गुरुङलाई ३-३ खेलको प्रतिबन्ध लगाएको छ ।

नेपाल सुपर लिगमा वैशाख २५ गते सम्पन्न ललितपुर सिटी एफसीविरुद्धको खेलमा खेलाडीलाई मैदान छाड्न उक्साएको र अनुशासन तोडेको भन्दै उनीहरुमाथि कारवाही गरेकाे हाे। रेफ्रीको निर्णयप्रति आक्रोस पोख्दै विराटनगरका भारतीय प्रशिक्षक यान ल खेलाडीलाई मैदान छाड्न निर्देशन दिएका थिए। त्यसपछी विराटनगरका स्पेनिस फरवार्ड पेड्रो मान्जीबाहेक सबै खेलाडीले ७ मिनेट मैदान छाडेको थियो।

Facebook Comments Box
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
1
+1
0
+1
0
+1
0