मेसि गएपछि बल्ल बार्सिलोनाले पायो अर्का गोल मेसिन

Uncategorized

काठमाडौं : पोल्याण्डका स्ट्राइकर रोबर्ट लेवान्डोस्कीलाई स्पेनिस क्लब बार्सिलोनाले अनुबन्धन गर्न जर्मन क्लब बायर्न म्युनिखसँग ‘सैद्धान्तिक सम्झौता’ गरेको छ। बायर्नसँग एक वर्ष सम्झौता बाँकी रहेका ३३ वर्षीय लेवान्डोस्कीले गत महिना जर्मन च्याम्पियनलाई आफूले क्लब छाड्न चाहेको बताएका थिए।

लेवान्डोस्कीले गत सिजन ४६ खेलमा ५० गोल गरेका थिए। उनले बायर्नलाई लगातार १० औं बुन्डेसलिगा उपाधि जिताउन मद्दत गरेका थिए।बायर्नका अध्यक्ष हर्बर्ट हेनरले शनिबार पहिलो पटक सम्झौता हुन लागेको पुष्टि गर्दै भने, ‘हामी बार्सिलोनासँग मौखिक सहमतिमा आएका छौं। रोबर्ट एक अविश्वसनीय खेलाडी हुन् र उनले क्लबबाट खेल्दा सबै कुरा जिते। हामी उनीप्रति आभारी छौं।’

लेवान्डोस्की २०१४ मा अर्को जर्मन क्लब बोरुसिया डर्टमुन्डबाट बायर्नमा आबद्ध भएका थिए। त्यसयता क्लबका लागि ३७४ खेलमा ३४४ गोल गरे। उनले बायर्नमा आफ्ना सबै आठ सिजनमा लिग जिते भने २०२० मा बायर्नलाई च्याम्पियन्स लिग जिताउन मद्दत गरे।

यता बायर्नले जर्मनीका २७ वर्षीय विङ्गर सर्ज गनाब्रीले सन् २०२६ सम्मका लागि सम्झौता गरेको छ। बार्सिलोनाले फ्रान्क किसे र एन्ड्रियास क्रिस्टेनसेनलाई हस्ताक्षर गरिसकेको छ। यस्तै बार्सिलोनाले शुक्रबार इंग्लिस क्लब लिड्सबाट राफिन्हालाई अनुबन्धन गरेको थियो।

Facebook Comments Box
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

Leave a Reply

Your email address will not be published. Required fields are marked *