सन्दीप कप्तान भएपछि नेपालले जित्नै बिर्सियो, नामिबियासँग शर्मनाक हार

क्रिकेट

काठमाडौं : नेपाली राष्ट्रिय क्रिकेट टोली आईसीसी विश्व क्रिकेट लिग टू अन्तर्गत स्कटल्यान्ड सिरिजको तेस्रो खेलमा नामिबियासँग ६३ रनले पराजित भएको छ । कम्बसदुन न्यू ग्राउन्डमा नामिबियाले दिएको २ सय रनको लक्ष्य पछ्याएको नेपालले ३७ ओभर ५ बलमा सम्पूर्ण विकेट गुमाउँदै मात्र १३६ रन बनायो ।

नेपालका लागि दिपेन्द्रसिंह ऐरीले सर्वाधिक ३८ रनको योगदान गरे । त्यस्तै आसिफ शेखले ३४ रन बनाउँदा आदिल अन्सारीले २० तथा रोहित पौडेलले १७ रनको योगदान गरे । बलिङतर्फ नामिबियाका लागि ब्रेनाड स्कोल्टले सर्वाधिक पाँच विकेट लिए । त्यस्तै जान फ्रेन्कलीले तीन विकेट लिए ।

यसअघि टस जितेर पहिले ब्याटिङ गरेको नामिबियाले ४९ ओभर २ बलमा सम्पूर्ण विकेट गुमाउँदै १९९ रन बनाएको थियो । नामिबियाका लागि कप्तान जेरहार्ड इरास्मसले सर्वाधिक ५३ रनको योगदान दिए । ७० बलमा उनले ४ चौका र १ छक्का प्रहार गरे ।

त्यस्तै डेभिड विसीले रन आउट हुनअघि ३४ तथा ओपनर डिभान ला कक र जेजे स्मिटले समान २७–२७ रन बनाए । नेपालका लागि कप्तान सन्दीप लामिछानेले ४ तथा सोमपाल कामी र दीपेन्द्र सिंह ऐरीले २–२ विकेट लिए । जितसँगै नामिबिया १८ खेलबाट १८ अंक जोडेर तालिकाको पाँचौं स्थानमा उक्लेको छ । १९ खेल खेलेको नेपाल १९ अंक जोडेर तालिकाको छैटौं स्थानमा छ ।

Facebook Comments Box
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0