क्रिकेटर ललित भण्डारीको सफल शल्यक्रिया

समाचार

काठमाडौं । नेपाली क्रिकेट टिमका सदस्य ललित भण्डारीको शल्यक्रिया सफल भएको छ । आइतबार मोटरसाइकल दुर्घटनामा घाइते भएका उनको ग्राण्डी अस्पतालमा उपचार भइरहेको थियो । उनको आज दायाँ हातको शल्यक्रिया सफल भएको हो ।

क्रिकेट खेलाडी संघ नेपाल सिप्यान का अनुसार उनको शल्यक्रिया ग्राण्डी अस्पतालमा डा. चक्रराज पाण्डे र उनको टिमले गरेको थियो । उनको स्वास्थ्य अहिले स्थिर रहेको उपचारमा संग्लन चिकित्सकले बताएका छन् ।

गत आइतबार साँझ कञ्चनपुरमा मोटरसाइकल दुर्घटनामा घाइते भएका क्रिकेटर भण्डारीको दुवै हात र दुवै खुट्टामा चोट लागेको थियो।

Facebook Comments Box
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0