सन्दीपलाई बेलायतले भिसा नदिदा ‘द हन्ड्रेड’ र ‘टी-२० ब्लास्ट’ लिग गुमाउने चिन्ता

क्रिकेट

काठमाडौं, जेठ १२ : ‘द हन्ड्रेड’ र ‘भाइटालिटी ट्वान्टी-२० ब्लास्ट’मा सहभागी हुन बेलायत जाने तयारीमा रहेका नेपाली लेगस्पिनर सन्दीप लामिछानेले भिसा नपाएकाे गुनासाे गरेका छन्। भिसाका लागि आह्वान गरेको करिब एक महिना बितिसक्दा पनि दूतावासबाट फलोअप नआएपछि उनले ट्विटरमार्फत् आफ्नो चिन्ता व्यक्त गरेका छन् ।

एक महिना अगाडि आफूले भिसाका लागि आह्वान गरे पनि अहिलेसम्म नआएपछि निराश बनेका सन्दीपले ट्वीट लेखेका छन् । ‘मैले इंग्ल्यान्डको भिसाको लागि आवेदन दिएको झण्डै एक महिना भयो। मेरो उडान समय नजिक आउँदै छ। अफिसमा फोन गरेर जानकारी लिइरहेको छु । तर, स्पष्ट कुनै जानकारी पाएको छैन। मलाई थाहा छ यो कठिन समय हो,’ सन्दीपले ट्वीट गर्दै भनेका छन्।

सन्दीपले भाइटालिटी टी-२० ब्लास्टमा वर्सेस्टसायर र्‍यापिडबाट खेल्दैछन्। टी-२० ब्लास्ट जुन ९ बाट सुरु हुँदैछ। बेलायतले नेपाललाई रेड जोनमा राखेका कारणले सन्दीप तेस्रो मुलुकमा दुई साता बिताएर बेलायता जानु पर्नेछ।

Facebook Comments Box
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Tagged

Leave a Reply

Your email address will not be published. Required fields are marked *