अष्ट्रीयालाई हराउँदै जर्मनी महिला युरो च्याम्पियनसिपको सेमिफाइनलमा

फुटबल

काठमाडौं : अष्ट्रीयालाई २-० अन्तरले पराजित गर्दै जर्मनी महिला युरो च्याम्पियनसिपको सेमिफाइनलमा प्रवेश गरेको छ ।

बिहीबार राती भएको खेलमा जर्मनीलाई जित दिलाउन लिना मागुन र एलेजान्ड्रा पोपले समान एक-एक गोल गरे । लिलाले २५ औं मिनेट अग्रता दिलाइन । पोपले खेलको अन्तिम समयमा दोब्बर अग्रता बनाइन् ।

जर्मनी नवौं पटक युरो उपाधि जित्ने योजनामा रहेको छ । अब, फाइनल प्रवेशका लागि जर्मनीले फ्रान्स र नेदरल्यान्डबीचको विजेतासँग खेल्नेछ ।

Facebook Comments Box
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0