साफ यू–२० च्याम्पियनसिपमा आज नेपाल र श्रीलंका भिड्दै, कसले जित्ला ?

फुटबल

काठमाडौं । साफ यू–२० च्याम्पियनसिप पुरुष फुटबलमा नेपालले दोस्रो खेल अन्तर्गत आज बुधबार श्रीलंकासँग खेल्दैछ । भारतको भुवनेश्वरस्थित कालिंगा स्टेडियममा हुने नेपाल र श्रीलंकाबीचको खेल साँझ ७ः१५ बजे सुरु हुनेछ ।

नेपाल श्रीलंकालाई हराएर लगातार दोस्रो जित निकाल्न चाहन्छ भने नेपालविरुद्ध मैदान उत्रदा श्रीलंका पहिलो जितको खोजीमा हुनेछ । सोमबार भएको उद्घाटन खेलमा नेपालले माल्दिभ्सलाई ४–० ले हराएको थियो । यस्तै, पहिलो खेलमा श्रीलंका बंगलादेशसँग १–० ले पराजित भएको थियो ।

च्याम्पियनसिपमा आयोजक भारत र नेपालसँगै माल्दिभ्स, श्रीलंका र बंगलादेशको सहभागिता रहेको छ । नेपालले श्रीलंकापछि तेस्रो खेलमा भारतसँग आगामी आइतबार र अन्तिम खेल बंगलादेशसँग आगामी मंगलबार प्रतिस्पर्धा गर्नेछ । शीर्ष दुई टोलीले उपाधिका लागि अर्को हप्ताको शुक्रबार प्रतिस्पर्धा गर्ने छन् ।

Facebook Comments Box
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0