नेपाली यु-१९ टिमको शानदार प्रदर्शन जारी, श्रीलंकामाथि ३-० को जित

फुटबल

काठमाडाैं : नेपालले भारतमा जारी साफ यू–२० च्याम्पियनसिपमा लगातार दोस्रो जित निकालेको छ। भारतको भुवनेश्वरस्थित कालिंगा रंगशालामा बुधबार सम्पन्न खेलमा नेपालले श्रीलंकालाई ३–० गोलले पराजित गरेको हो।

नेपालका लागि कप्तान आयुष घलान, कृतिशरत्न छुन्जु र मनग्य नकर्मीले गोल गरे। पहिलो हाफमा गोलरहित बराबरी खेलेको नेपालले तीनै गोल दोस्रो हाफमा गरेको हो।

खेलको ५९औं मिनेटमा अभिषेक वाइबाको क्रसलाई गोलरक्षकले पन्च गरेपछि आएको बललाई आयुषले गोल गर्दै नेपाललाई सुरुआती अग्रता दिलाएका थिए।

६५औं मिनेटमा कृतिशले गोल गर्दै नेपालको अग्रता दोब्बर बनाए। आयुषले पेनाल्टी क्षेत्रभित्रबाट दिएको पासमा कृतिशले पेनाल्टी क्षेत्रको ठीक बाहिरबाट पहिलो टचमै टप कर्नरमा गोल गरेका थिए।

त्यसपछि ८४औं मिनेटमा सुगम सुवालको पासमा मनग्यले गोल गर्दै नेपाललाई ३-० को जित दिलाए। मनग्यले पेनाल्टी क्षेत्रभित्रबाट सहजै गोल गरेका थिए।

Facebook Comments Box
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0