वेस्ट इण्डिजविरुद्ध भारतले गर्‍यो क्लिन स्विप

क्रिकेट

काठमाडौं । वेस्ट इण्डिजविरुद्धको एकदिवसीय सिरिज भारतले क्लिन स्विप गरेको छ । गएराति सम्पन्न खेलमा वेस्ट इण्डिजलाई ११९ रनले हराउँदै भारतले सिरिज ३–० ले क्लिन स्विप गरेको हो ।

पहिला ब्याटिङ गरेको भारतले ३६ ओभरमा ३ विकेट गुमाएर २२५ रन बनाएको थियो । उसका लागि शुभमन गिलले उत्कृष्ट पारी खेले । ९८ बलको सामना गरेका उनले अविजित ९८ रन नै बनाए । त्यसक्रममा गिलले सात चौका र दुई छक्का हिर्काए । त्यस्तै, कप्तान शिखर धवनले ७४ बलमा ५८ रन बनाए ।

वेस्ट इन्डिजका लागि हेडेन वाल्शले दुई तथा अकिल हुसेनले एक विकेट लिए । वर्षा बाधक बनेपछि वेस्ट इन्डिजलाई डकवर्थ लुइस नियमअनुसार ३५ ओभरमा २५७ रनको लक्ष्य दिइयो । उसका लागि ब्रेन्डन किङ र निकोलस पूरनले ४२/४२ रनको पारी खेले ।

बाँकी ब्याटरको प्रदर्शन सन्तोषजनक रहन सकेन । भारतका लागि युजवेन्द्र चहलले चार, मोहम्मद सिराज, शार्दुल ठाकुरले दुई/दुई, अक्षर पटेल र प्रसिद्ध कृष्णाले एक/एक विकेट हात पारे ।

Facebook Comments Box
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0