मैत्रिपुर्ण खेलका लागि इराक पुग्यो नेपाली फुटबल टिम

फुटबल

काठमाडौं । हिजो राति करिब १० बजे मैत्रिपुर्ण खेलका लागि प्रस्थान गरेको नेपाली टिम केहिबेर अगाडि इराकको राजधानी बगदाद पुगेको छ । २३ खेलाडीसहित ३५ सदस्यीय नेपाली टिम स्थानीय समयानुसार १०: १५ मा इराक पुगेको हो । नेपाली टिम कतार एयरवेजबाट इराक पुगेको जनाइएको छ ।

नेपाली टिम कतार एयरवेजको चार्टर विमानबाट दोहा हुँदै इराक पुगेको हो । नेपाली फुटबल टिम मंगलबार जाँदा र जुन १२ मा स्वदेश फर्किदा हवाई जहाजको मात्र करिब एक करोड रुपियाँ तिर्नु पर्नेछ । जुन फिफाले तिर्ने यसअघि नै तय भैसकेको छ । नेपालले जेठ १५ ( मे २९) मा बसरा अन्तराष्ट्रिय मैदानमा इराकसँग मैत्रीपूर्ण खेल खेल्नेछ ।

नेपाली टिम

गोलरक्षक : किरण चेम्जोङ, विशाल सुनार र दीप कार्की ।
डिफेन्डर : रोहित चन्द, अनन्त तामाङ, दिनेश राजवंशी, गौतम श्रेष्ठ, सुमन अर्याल र विकास खवास ।
मिडफिल्डर : विशाल राई, मनीष डाँगी, एरिक विष्ट, कमल थापा, सन्तोष तामाङ, सुमन लामा, सुनिल बल, सुरजजिउ ठकुरी, पुजन उपरकोटी र आयुष घलान ।
फरवार्ड : अभिषेक रिजाल, अन्जन विष्ट, नवयुग श्रेष्ठ र आशिष लामा ।

Facebook Comments Box
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Tagged