भारतबिरुद्ध नेपाली यु-२० टिमको शर्मनाक हार, अब के हुन्छ ?

फुटबल

काठमाडौं : साफ यू–२० च्याम्पियनसिप फुटबलमा नेपाल भारतसँग ८–० गोल अन्तरले पराजित भएको छ । नेपालले साबिक विजेता भारतसँग लज्जास्पद हार व्यहोरेको हो ।

भुवनेश्वरस्थित कालिंगा स्टेडियममा आइतबार भएको खेलमा भारतलाई जित दिलाउन पार्थिव सुन्दर गोगोईले दुई गोल गरे । टाइसन सिंह, हिमान्सु जान्ग्रा, पाथुम गिम्हाना, टन्कधर बाग, मोहमद सुहिब, सुभो पाउलले एक–एक गोल गरे । प्रतियोगिताको दुई खेलमा सहज जित निकालेको नेपाल अन्तिम खेलमा पराजित हुन पुगेको हो ।

नेपाललाई हराएसँगै भारत तालिकाको दोस्रो स्थानमा उक्लिएको छ । भारतले तीन खेलबाट ६ अंक जोडेको छ । समान अंक भएको नेपाल गोल आधारमा तालिकाको तेस्रो स्थानमा छ । अब नेपालले आफ्नो अन्तिम खेलमा बंगलादेशसँग मंगलबार प्रतिस्पर्धा गर्नेछ ।

Facebook Comments Box
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
1
+1
0
+1
2
+1
0
+1
0
+1
2