पीएसजी बन्यो फ्रेन्च सुपर कप च्याम्पियन, नेयमारले गरे दुई गोल

फुटबल

काठमाडौं : फ्रान्सेली क्लब पेरिस सेन्ट जर्मेन (पीएसजी) फ्रेन्च सुपर कप च्याम्पियन बनेको छ। ब्लुमफिल्ड स्टेडियम इजरायलमा आइतबार राति सम्पन्न खेलमा १० खेलाडीमा समेटिएको लिग वान प्रतिद्धन्द्धी नान्टेसमाथि ४-० को सानदार जित निकाल्दै पीएसजी च्याम्पियन बनेको हो।

पीएसजीलाई सिजनको पहिलो उपाधि जिताउन नेयमारले दुई गोल गरे। यता, लिओनल मेसी र सर्जियो रामोसले १/१ गोल गरे। पहिलो र दोस्रो हाफमा समान दुई गोल भएको थियो।

खेलको २२औं मिनेटमा मेसीको गोलबाट पीएसजीले सुरूआतश्र अग्रता बनाएको थियो। पहिलो हाफको इन्ज्युरी समयको थप गरिएको पाँचौ मिनेटमा नेयमारले फ्रिकिकमा गोल गर्दै पीएसजीको अग्रता दोब्बर पारे। ५७औं मिनेटमा रामोसले गोल गरेपछि पीएसजी सहज जिततर्फ अग्रसर बन्यो। ८१औं मिनेटमा नान्टेस १० खेलाडीमा समेटियो।

नेयमारलाई पेनाल्टी बक्समा फउल गरेपछि जिन चार्लेस कास्टेलेटोलाई रेफ्रीले सिधै रातो कार्ड दिदै मैदान बाहिर पठाएका थिए। त्यसमै प्राप्त पेनाल्टीलाई नेयमारले सदुपयोग गर्दै टोलीलाई ४-० को जितसहित च्याम्पियन बनाए।

Facebook Comments Box
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
1
+1
0
+1
0
+1
0