शहीद स्मारक ‘ए’ डिभिजन लिग फुटबल अन्तर्गत आज दुई खेल

फुटबल

काठमाडौं, ६ माघ । शहीद स्मारक ‘ए’ डिभिजन लिग फुटबल अन्तर्गत आज सातौं चरणका अन्तिम २ खेल हुँदै छन् । दुवै खेल सातदोवाटोस्थित एन्फा मैदानमा हुने छ । मध्यान्ह १२ बजे हुने पहिलो खेलमा ब्रिगेड ब्वाईज र संकटा क्लबबीच प्रतिस्पर्धा हुनेछ ।

ब्रिगेड ब्वाईज जारी लिगमा १० औं स्थानमा छ भने संकटा आठौं स्थानमा छ । आजको खेलमा विजयी हुने टिम सातौं स्थानमा पुग्ने छ । यस्तै अर्को खेलमा च्यासल युथ क्लब र त्रिभुवन आर्मी आमने सामने हुने छन् ।

आर्मी १३ अङ्कसहित शीर्ष स्थानमा छ भने च्यासल ६ अङ्कसहित १२ औं स्थानमा छ । आर्मीले आजको खेलमा जीत निकाल्दै स्पष्ट तीन अंकको अग्रता बनाउने लक्ष्यमा हुने छ । च्यासल भने जारी लिगमा दोस्रो जीतको खोजिमा हुनेछ ।

आर्मी, मछिन्द्र र मनाङको समान १३ अङ्क रहेकाले आजको खेलमा आर्मी विजयी भए जारी लिगमा स्पष्ट तीन अङ्कको अग्रता कायम राख्न सफल हुने छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *