तेस्रो वरियाताका थिम फ्रेन्च ओपनबाट बाहिरिए

टेनिस

काठमाडौं। युएस ओपन विजेता डोमिनिक थिम पाँच घण्टा लामो संघर्षपछि फ्रेन्च ओपन टेनिस प्रतियोगिताको क्वार्टरफाइनलबाट बाहिरिएका छन्। अष्ट्रियाका थिम डिएगो श्वार्ट्जमनसँग ३-२ को सेटमा पराजित भएका हुन्।

अघिल्लो चरणमा ह्युगो गास्टनसँग पनि पाँच सेटको नतिजामा विजयी भएका थिमले क्वार्टरफाइनलमा पनि पाँच सेट नै खेल्नु परेको थियो। थिम अर्जेन्टिनाका श्वार्ट्जमनसँग ६-७ (१/७), ७-५, ७-६ (८/६), ६-७ (५/७), २-६ को सेटमा पराजित भएका हुन्।

‘‘अन्तिमसम्म मैले सबै प्रयास गरे। तर सफल भइँन,’’ थिमले भने, ‘‘अद्भुत खेल रह्यो। पाँच घण्टासम्म प्रतिस्पर्धा गरेको सायद मेरो करिअरमै पहिलो होला।’’

दुई पटक फ्रेन्च ओपनको फाइनल खेलिसकेका थिमले गत महीनामात्र पहिलो ग्राण्ड स्लाम उपाधि जितेका थिए। युएस ओपन जितेर फ्रान्स आएका थिमले भने, ‘‘छोटो समयमा दुई ठूला प्रतियोगिता खेल्नुपपर्‍यो। यसलाई खराब प्रतियोगिता भन्दिँन। म खुशी नै छु।’’

१२औं वरियाताप्राप्त श्वार्ट्जमनले अब १२ पटकका फ्रेन्च ओपन विजेता राफेल नाडालसँग प्रतिस्पर्धा गर्नेछन्। स्पेनका नालाडले जानिक सिनरलाई ३-० को सोझो सेटमा हराउँदै सेमिफाइनलमा स्थान बनाएका थिए।

‘‘यो जित मेरो लागि धेरै महत्वपूर्ण छ,’’ श्वार्ट्जमनले भने, ‘‘दोस्रो र तेस्रो सेटमा केही गल्ती भए। तर, मैले त्यसलाई सच्चाएँ। म जितको हकदार छु भनेर मनोबल बढाएँ। र नतिजा पनि आयो।’’ यसअघिको आठ भेटमा श्वार्ट्जमनले थिमलाई दुई पटकमात्र जितेका थिए।

Facebook Comments Box
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0