इराकमा नेपाली फुटबल टिम (फोटो फिचर)

फुटबल फोटो

काठमाडौं, जेठ १२ : एसियन कप च्याम्पियन इराकसँग मैत्रीपूर्ण खेल खेल्नका लागि नेपाली फुटबल टोली इराकको बसरा पुगेको छ । २३ सदस्सीय खेलाडीसहित ३५ सदस्सीय नेपाली टिम आज बिहान स्थानीय समयअनुसार बिहान सवा १० बजे बसरा पुगेका हुन् ।

नेपाली टिम कतार एयरवेजबाट दोहा हुँदै इराक पुगेका हुन् । नेपाली टिम मंगलबार राति त्यसतर्फ प्रस्थान गरेका थिए ।नेपाली टोलीलाई इराक फुटबल संघका पदाधिकारीले स्वागत गरेका थिए ।

कोरोना महामारीका बीच इराक पुगेको नेपाली खेलाडीहरु विशेष सुरक्षामा रहनेछन्। नेपालले जेठ १५ ( मे २९) मा बसरा अन्तराष्ट्रिय मैदानमा इराकसँग मैत्रीपूर्ण खेल खेल्नेछ । नेपालले २० वर्षपछि इराकसँग फुटबल खेल्न लागेको हो ।

 

Facebook Comments Box
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0