२०३० को फिफा विश्वकप आयोजनाका लागि चार देशको दाबी,नेपाल ले खेल्न पाउला त ?

समाचार

काठमाडौं । सन् २०३० को फिफा विश्वकप आयोजनाका गर्नका लागि चार देशले प्रस्ताव पेश गरेका छन् । चिली, अर्जेन्टिना, उरुग्वे र पाराग्वेले संयुक्त रुपमा २०३० को विश्वकप आयोजनाका लागि प्रस्ताव पेश गरेका हुन् । फिफाले २०२४ मा २०३० को विश्वकप आयोजना गर्ने राष्ट्रको घोषणा गर्नेछ ।

अर्जेन्टिनाले १९७८ र चिलीले १९६२ को विश्वकप आयोजना गरेको थियो । उरुग्वेले १९३० मा पहिलो संस्करणको विश्वकप आयोजना गरेको एक शताब्दीपछि विश्वकप आयोजना गर्ने चाहना रहेको बताएको छ ।

सन् २०२२ को विश्वकप कतारमा आयोजना हुनेछ । यस्तै २०२६ को विश्वकप अमेरिका, क्यानडा र मेक्सिकोले संयुक्त रुपमा आयोजना गर्नेछ ।

Facebook Comments Box
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0