साफ यू–२० च्याम्पियनसिप : उपाधिका लागि आज भारत र बंगलादेश भिड्दै, नेपाल रित्तो हात घर फर्कियो

समाचार

काठमाडौं । साफ यू–२० च्याम्पियनसिप फुटबलको फाइनल खेलमा आज शुक्रबार भारत र बंगलादेश भिड्दैछन् । भारतको भुवनेश्वरमा जारी प्रतियोगिताको फाइनल खेल आज साँझ कालिंगा रंगशालामा हुनेछ ।

लिग चरणमा शिर्ष स्थानमा रहँदै बंगलादेश तथा दोस्रो स्थानमा रहँदै भारत फाइनलमा पुगेका हुन् । तेस्रो भएको नेपाल भने समुह चरणबाटै बाहिरिएको थियो ।

समुहको खेलमा बंगलादेशले भारतलाई २–१ ले हराएको थियो । शुक्रबार भारतलाई उक्त हारको बदला लिने अवसर रहेको छ भने बंगलादेश सोही परिणाम दोहोर्‍याउदै उपाधि उठाउन चाहन्छ ।

प्रतियोगितामा बंगलादेश, भारत, नेपाल, माल्दिभ्स र श्रीलंकाको सहभागिता रहेको थियो । सन् २०१९ मा भएको प्रतियोगितामा पनि फाइनलमा बंगलादेशलाई २–१ ले हराएर भारतले उपाधि जितेको थियो ।

Facebook Comments Box
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
1
+1
0
+1
0

Leave a Reply

Your email address will not be published.