फिक्सिङ काण्डमा मुछिएका प्रभाकर नेपाली टिमको कोच

क्रिकेट

काठमाडौं । भारतका पूर्व अलराउन्डर तथा रणजी ट्रफी विजेता प्रशिक्षक मनोज प्रभाकरलाई नेपाल क्रिकेट संघ (क्यान)ले सोमबार नेपाली राष्ट्रिय क्रिकेट टोलीको मुख्य प्रशिक्षकमा नियुक्त गरेको छ ।

क्यानका अनुसार प्रभाकरले भारतका लागि ३९ टेस्ट र १३० एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेट खेलेका छन् । प्रभाकरले प्रशिक्षकका रूपमा रणजी ट्रफी टिमहरू दिल्ली, राजस्थान र उत्तर प्रदेशमा काम गरेका छन् । त्यस्तै उनीसँग अफगानिस्तान क्रिकेट टोलीको प्रशिक्षकको रूपमा काम गरेको अनुभव छ ।

‘‘नेपालमा क्रिकेटप्रतिको चासो, उनीहरूको प्रतिभा र सीपको स्तरलाई हेरेर, नेपाली क्रिकेट टोलीलाई बलियो बनाउने गरी काम गर्नका लागि म साँच्चै उत्सुक छु,’’ प्रभाकरलाई उद्धृत गर्दै क्यानले जनाएको छ । दोस्रोपटक कार्यभार सम्हाल्न आएका प्रशिक्षक पुबुदु दासानायकेले राजीनामा दिएपछि नेपाली क्रिकेट टिम प्रशिक्षकविहीन बनेको थियो ।

प्रशिक्षक दासानायकेले नेपाल छाडेपछि ‘राष्ट्रिय क्रिकेट टोलीमा गुट, उपगुट र विवाद भएको’ बताएका थिए । टिम विभाजित मनिस्थितिमा रहेकाले प्रभाकरले कसरी अगाडि बढाउने छन् भन्ने अब चासोको रूपमा हेरिएको छ ।

Facebook Comments Box
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0