रियलका लागि सर्वाधिक गोलकर्ताको सूचीमा करिम बेन्जेमा दोस्रो स्थानमा

समाचार

काठमाडौं : करिम बेन्जेमा रियल म्याड्रिडको सर्वाधिक गोलकर्ताको सूचीमा दोस्रो स्थानमा उक्लिएका छन् । बुधबार राति अइन्ट्राक्ट फ्रांकफर्टलाई यूईएफए सुपरकपमा २–० ले हराउने क्रममा गोल गर्दै फ्रेन्च फरवार्ड दोस्रो स्थानमा उक्लन सफल भएका हुन् ।

खेलको ६५ औँ मिनेटमा गोल गरेका ३४ वर्षीय बेन्जेमाले रियलका महान् खेलाडी राउलको ३ सय २३ गोलको कीर्तिमानलाई उछिनेका हुन् । अब बन्जेमाभन्दा अगाडि क्रिस्टियानो रोनाल्डोमात्र रहेका छन् । रोनाल्डोले रियलका लागि ४५० गोल गरेका छन् ।

रियलमा आएयता बेन्जेमाले ५ वटा च्याम्पियन्स लिग र ४ वटा ला लिगाको उपाधि जितिसकेका छन् । उनी सन् २००९ मा लियोनबाट स्पेनिस क्लबमा आबद्ध भएका हुन् ।

Facebook Comments Box
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0