ब्राजिलका स्टार नेयमार चम्किएपछि पीएसजीको सानदार जित

फुटबल

काठमाडौं । ब्राजिलका स्टार नेयमार चम्किएपछि पेरिस सेन्ट जर्मेन (पीएसजी) ले फ्रेन्च लिग वान फुटबलमा सानदार जित निकालेको छ । घरेलु मैदानमा शनिबार राति पीएसजीले मोन्टपेलियरलाई ५–२ गोलले हरायो ।

लिगमा पीएसजीको यो लगातार दोस्रो जित हो । यसअघि सिजनको पहिलो खेलमा पीएसजीले क्लेरमन्ट फर्टलाई ५–० गोलले हराएको थियो । पीएसजीको जितमा नेयमारले दुई गोल गर्नुभयो । केलियन एमबाप्पे र रेनाटो सान्चेजले एक एक गोल गर्नुभयो ।

पीएसजीले अर्को गोल मोन्टपेलियरबाट आत्मघाती उपहार पाएको थियो । मोन्टपेलियरका वावी खाज्री र इन्जो चाटोले एक एक गोल फर्काउनुभयो । दोस्रो जितसँगै ६ अङ्क बनाएको पीएसजी शीर्षस्थानमा छ ।

लिगमा पहिलो हार खेपेको मोन्टपेलियर तीन अङ्कसहित आठौं स्थानमा छ । अर्को खेलमा रेनस मोनाकोले १–१ गोलको बराबरी खेल्दै अङ्क बाँडेको छ । एजेन्सी

Facebook Comments Box
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
1
+1
0