अलमुताईरीले निकालेका किरन चेम्जोङसहित खेलाडीको राष्ट्रिय टिममा कमब्याक, अब के हुन्छ ?

Uncategorized

काठमाडौं : प्रशिक्षक अब्दुल्लाह अल्मुताइरीले प्रशिक्षणबाट हटाएका खेलाडीले राष्ट्रिय फुटबल टोलीमा पुनरागमन गरेका छन् । नेपाली राष्ट्रिय टोलीमा सेप्टेम्बर २७ मा बंगलादेश विरुद्ध हुने मैत्रीपूर्ण खेलका पुनरागमन गरेका छन् ।

खेलका कार्यवाहक मुख्य प्रशिक्षक प्रदीप हुमागाईले काठमाडौंमा हुने खेलका लागि ४० खेलाडीलाई बन्द प्रशिक्षणमा बोलाएका हुन् । बिहीबार बसेको कार्यकारी समितिको बैठकले मैत्रीपूर्ण खेलका लागि हुमागाईले कार्यवाहक मुख्य प्रशिक्षकमा नियुक्त गरेको हो ।

खेलाडीहरू :

गोलकिपर : किरण चेम्जोङ, विकेश कुथु, दीप कार्की, विशाल श्रेष्ठ
डिफेन्डर : अनन्त तामाङ, रोहित चन्द, विकास तामाङ, देवेन्द्र तामाङ, दिनेश राजवंशी, विकास खवास, गौतम श्रेष्ठ, चिरिङ गुरुङ, सुमन अर्याल, राजिन धिमाल, निशान खड्का, अमित तामाङ
मिडफिल्डर : संजोग राई, पुजन उपरकोटी, राजन गुरुङ, तेज तामाङ, अरिक विष्ट, सेसेहाङ आङ्देम्बे, सुदिप गुरुङ, विशाल राई, मनिष डाँगी, सुरज जेउ ठकुरी, सुवास गुरुङ, आभास लामिछाने, सुनिल बल, आयुष घलान, सुजल श्रेष्ठ, अनशन श्रेष्ठ

फरवार्ड : विमल घर्ती मगर, नवयुग श्रेष्ठ, आशिष चौधरी, ऋतिक खड्का, जर्ज प्रिन्स कार्की, आशिष चापागाई, अभिषेक रिजाल, भरत खवास

Facebook Comments Box
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
1

Leave a Reply

Your email address will not be published. Required fields are marked *