अब अति भयो भन्दै बोले रोनाल्डो ! ‘धेरै झुट आयो, अब सत्य सार्वजनिक गर्छु’

समाचार

काठमाडौं । इंग्लिस क्लब म्यानचेस्टर युनाइटेडका फरवार्ड क्रिस्टियानो रोनाल्डोले यो सिजन धेरै ‘झूट’ समाचार पढेको र अब आफ्नो भविष्यको बारेमा छिट्टै ‘सत्य’ बोल्ने बताएका छन्। पोर्चुगिज सुपरस्टार रोनाल्डो युनाइटेड छाड्न चाहन्छन्। तर नयाँ प्रशिक्षक एरिक टेन ह्यागले उनी ‘बिक्रीको लागि होइन’ भन्दै आएका छन्।

सेप्टेम्बर १ मा ट्रान्सफर विन्डो बन्द हुनु अघि युनाइटेडले ३७ वर्षीय रोनाल्डोलाई बिदा दिन सक्ने अनुमान गरिएको छ। रोनाल्डोले इन्स्टाग्राममा भनेका छन्, ‘उनीहरूले [एक दुई हप्तामा] मेरो अन्तर्वार्ता पढ्दा सत्य थाहा पाउनेछन्।’ रोनाल्डोले एक फ्यान खातामा एक पोस्ट लाइक गरेका छन्, जसमा एट्लेटिको म्याड्रिडका प्रशिक्षक डिएगो सिमोनले अनुबन्ध गर्न इच्छुक रहेको रिपोर्टलाई उल्लेख गरिएको थियो।

तर पोष्टको जवाफमा, स्पेनिस क्लब रियल म्याड्रिडका पूर्वफरवार्डले थपेका छन्, ‘मिडियाले झूट बोलिरहेको छ। पछिल्ला केही महिनामा मेरा बारेमा बनाइएका १०० समाचार [कथाहरू] मध्ये पाँचवटा मात्र सही थिए।’ एक वर्षअघि इटालियन क्लब युभेन्ट्सबाट युनाइटेड आएका रोनाल्डोको सम्झौता एक वर्ष बाँकी छ।

उनी गत सिजन फर्किए पनि युनाइटेड प्रिमियर लिगमा छैटौं स्थानमा रहेपछि च्याम्पियन्स लिगको छनोट गुमाएको थियो। सन् १९९२-९३ पछि सिजनका सुरुवाती दुई खेल गुमाएपछि म्यानचेस्टर अहिले पहिलो पटक तालिकाको पुछारमा छ।

युनाइटेडबाट खेल्दा रोनाल्डोका पूर्वसहकर्मी ग्यारी नेभिलले सामाजिक सञ्जालमा भनेका छन्, ‘सबै समयका महान् खेलाडीले (मेरो विचारमा) म्यानचेस्टर युनाइटेडका फ्यानहरूलाई सत्य बताउन किन दुई हप्ता कुर्नुपरेको छ? अहिले खडा हुनुहोस् र बोल्नुहोस्।’

रोनाल्डो गत सिजनमा सबै प्रतियोगितामा २४ गोलसहित युनाइटेडका सर्वाधिक गोलकर्ता थिए। तर उनले यो साल थाइल्यान्ड र अष्ट्रेलियाको प्रि-सिजन भ्रमण गुमाएका थिए।

युनाइटेडले रायो भालेकानो विरुद्धको अन्तिम मैत्रीपूर्ण खेलको हाफ टाइमसम्म खेलेपछि रोनाल्डो र अरु खेलाडीहरूले मैदान छाडेका थिए, जसलाई टेन ह्यागले “अस्वीकार्य” भनेका थिए।

Facebook Comments Box
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0