अब समर्थकले पनि नेपाली राष्ट्रिय फुटबल टिमको प्रशिक्षण हेर्न पाउने

समाचार

काठमाडौं । नेपाली राष्ट्रिय फुटबल टिमको प्रशिक्षण हेर्नका लागि समर्थकलाई पनि अनुमति दिइने भएको छ। नेपाली राष्ट्रिय फुटबल टिमको कार्यवहाक प्रमुख प्रशिक्षकको जिम्मेवारी पाएका प्रदीप हुमागाईँले समर्थकहरूका लागि सातामा एक दिन प्रशिक्षण स्थलमा प्रवेश दिने बिहीबार बताए। उनले नेपालमा फुटबल फ्यानको संस्कृतिलाई अझ परिष्कृत बनाउनका लागि समर्थकलाई पनि प्रशिक्षण मैदान खुला गरिने बताएका हुन्।

अहिले नेपाली टिमको प्रशिक्षण आर्मीको भद्रकाली मैदानमा भइरहेको छ। यो मैदानमा समर्थकलाई पनि भित्र्याएर प्रशिक्षण देखाउने उनको योजना छ। प्रशिक्षक हुमागाईले सेप्टेम्बर महिनादेखिको प्रशिक्षणमा मात्र सातामा एक दिन समर्थकालई प्रवेश दिइने बताए। बिस्तृत जानकारी पछि दिने उनको भनाइ छ। कार्यबहाक प्रशिक्षकको जिम्मेवारी पाएपछि हुमागाईँ मंगलबार राति नेपाल आइपुगेका थिए। उनले आज बिहीबारदेखि नेपाली टिमको प्रशिक्षण थालेका छन्। नेपालले आगामी असोज ११ गते बंगलादेशविरूद्ध अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेल खेल्दैछ। सो खेलअघि नेपालले अभ्यास थालेको हो।

नेपालको प्रारम्भिक टिम

गोलरक्षक : किरण चेम्जोङ, विकेश कुथु, दीप कार्की, विशाल श्रेष्ठ
डिफेन्डर : अनन्त तामाङ, रोहित चन्द, विकास तामाङ, देवेन्द्र तामाङ, दीनेश राजवंशी, विकास खवास, गौतम श्रेष्ठ, छिरिङ गुरुङ, सुमन अर्याल, रञ्‍जित धिमाल, निशान खड्का, अमित तामाङ, राजन गुरुङ
मिडफिल्डर : संजोक राई, पुजन उपरकोटी, तेज तामाङ, एरिक विष्ट, सेसेहाङ आङदेम्बे, सुदीप गुरुङ, विशाल राई, मनिष डाँगी, सुरज ज्यु ठकुरी, सुभाष गुरुङ, आवास लामिछाने, सुनिल बल, आयुष घलान, सुजल श्रेष्ठ, अन्जन विष्ट
फरवार्ड : विमल घर्तिमगर, नवयुग श्रेष्ठ, आशिष चौधरी, ऋतिक खड्का, जर्जप्रिन्स कार्की, आशिष चापागाई, अभिषेक रिजाल, भरत खवास

Facebook Comments Box
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0