सन्दीपले डेजर्ट भाइपर्सबाट इन्टरनेसनल टी-२० लिग खेल्ने

क्रिकेट समाचार

काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेट टोलीका कप्तान तथा युवा लेग स्पिनर सन्दीप लामिछानेले डेजर्ट भाइपर्सबाट युएईको फ्रेन्चाईज क्रिकेट यूएई इन्टरनेसनल टी-ट्वान्टी लिग खेल्ने भएका छन् । डेजर्ट भाइर्पसले शुक्रबार लिगका लागि १४ विदेशी खेलाडीको नाम सार्वजनिक गरेको थियो । सन्दीपसँगै शेल्डन कोट्रेल, वानिन्दु हसरंगा, एलेक्स हेल्स, कोलिन मुन्रो, साम विलिङ्स जस्ता खेलाडी अनुबन्ध गरेको छ ।

भाइपर्सले शुक्रबार सन्दीपलाई प्रतियोगिताका लागि अनुबन्ध गरिएको जनाएको छ । उनी लिगको मार्की खेलाडीको रुपमा रहेका थिए । ईमिरेट्स क्रिकेट बोर्डले आयोजना गर्ने प्रतियोगिता आगामी जनवरी ६ देखि फेब्रुअरी १२ सम्म आयोजना हुनेछ ।

यी हुन् भाइपर्सले अनुबन्ध गरेका १३ विदेशी खेलाडीहरू

टोम कुरान-इङ्ल्याण्ड
बेन डकेट-इङ्ल्याण्ड
एलेक्स हल्स-इङ्ल्याण्ड
साम बिलिङ्स-इङ्ल्याण्ड
साकिब महम्मद-इङ्ल्याण्ड
बेनी होवेल-इङ्ल्याण्ड
शेल्डन कोट्रेल-वेस्ट इन्डिज
शेर्फेन रदरफोर्ड-वेस्ट इन्डिज
वानिन्दु हसरंगा-श्रीलंका
अजाम खान-पाकिस्तान
सन्दीप लामिछाने-नेपाल
कोलिन मुनरो-न्यूजील्याण्ड
रूबेन ट्रम्पलम्यान- नामिबिया

Facebook Comments Box
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0