लगातार दोस्रो जितसहित रियल म्याड्रिड शीर्ष स्थानमा

फुटबल

काठमाडौं । लुका मोड्रिकको उत्कृष्ट गोलमा साविक विजेता रियल मड्रिडले स्पेनिस ला लिगामा लगातार दोस्रो जित निकाल्ने क्रममा सेल्टा भिगोलाई ४-१ अन्तरले पराजित गरेको छ । करिम बेन्जेमाको गोलमा रियलले खेलमा अग्रता बनायो तर लागो आसपासले गोल गर्दै खेल १-१ को स्थितिमा ल्याए । दुबै गोल पेनाल्टीमा भएको थियो ।

यसपछी क्रोयसियाका ३६ वर्षीय खेलाडी लुकाले डेभिड अलाबाको पासमा २५ यार्डबाट गोल गरे । यसपछी भिनिसिअस जुनिअरले तेस्रो तथा फेडेरिको भाल्भार्डेले चौथो गोल गरे ।

खेल सकिन पाँच मिनेट अघि रियलले पुनः पेनाल्टी पायो । तर इडेन हाजार्डको प्रहार गोलरक्षक मार्चेसिनले रोके । उनले ला लिगाको ५० खेलमा जम्मा ४ गोल गरेका छन् । यस सिजन रियलले तीन खेलमा तीन नै जितेको छ । दुई खेल ला लिगामा । यस संगै रियल ला लिगाको शीर्ष स्थानमा छ ।

Facebook Comments Box
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0