लिभरपुललाई हराउँदै युनाइटेडले जितको खाता खोल्यो, क्रिस्टियानो रोनाल्डो बेन्चमै थन्किए

फुटबल

काठमाडौं । लगातार दोस्रो हारपछि दबाबमा रहेको म्यानचेस्टर युनाइटेडले सोमबार राति उत्कृष्ट प्रदर्शन गर्दै घरेलु मैदान ओल्ड ट्राफोर्डमा चीर प्रतिद्वन्द्वी लिभरपुलमाथि २–१ को विजय हासिल गरेको छ । यससँगै इरिक टेन ह्यागको प्रशिक्षणमा युनाइटेडले प्रतिस्पर्धात्मक खेलमा पहिलो जित निकाल्न सफल भएको छ ।

युनाइटेडका प्रशिक्षक टेन ह्यागले कप्तान ह्यारी म्यागुएर र क्रिस्टियानो रोनाल्डोलाई बेन्चमा राख्ने साहसी निर्णय लिएका थिए । प्रशिक्षकको निर्णय सही सावित भयो । युनाइटेडले जारी सिजन पहिलो जितको खोजीमा रहेको लिभरपुललाई हराउँदै समर्थकलाई खुसी बनाउन सफल भयो । खेलअघि युनाइटेडका समर्थकले क्लबका मालिक ग्लेजर परिवारविरुद्ध विरोध प्रदर्शन गरेका थिए ।

युनाइटेडले १६औं मिनेटमा जाडोन सान्चोको दर्शनीय गोलबाट अग्रता लिएको थियो । ५३औं मिनेटमा मार्कुस राशफोर्डले बैकल्पिक खेलाडी एन्थोनी मार्सियालको पासमा गोल गर्दै युनाइटेडको अग्रता दोब्बर बनाए । खेल सकिन ९ मिनेट बाँकी हुदाँ मोहम्मद सालाहले हेडमार्फत गरेको गोलबाट लिभरपुलले पुनरागमनको प्रयास गरे पनि सफल भएन ।

Facebook Comments Box
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
1
+1
0
+1
0
+1
0
+1
0