नेपालका किपर किरण चेम्जोङ भारतिय क्लबमा आबद्ध भएको खबर झुटो कि सत्य ?

समाचार

काठमाडौं : गत साता निलम्बन गरे पनि फिफाले भारतीय क्लबहरूलाई नयाँ खेलाडी दर्ता गर्न अनुमति दिएको छ। विश्व फुटबलको सर्वोच्च निकाय फिफाले अखिल भारतीय फुटबल महासंघ (एआईएफएफ) मा ‘अनावश्यक तेस्रो-पक्ष हस्तक्षेप’ को कारण देखाउँदै भारतलाई निलम्बन गरेको थियो भने विश्वभरका राष्ट्रिय संघलाई भारतसँग कुनै पनि फुटबल प्रतिस्पर्धाका लागि सम्पर्क नगर्न आग्रह गरेको थियो।

निलम्बनपछि भारतको गोकुलम केरला एफसी पहिलो सिकार बनेको थियो। उज्वेकिस्तान पुगेर पनि गोलकुल एएफसी महिला क्लब च्याम्पियनसिपबाट बाहिरिएको थियो। गोकुलमको महिला टिममा नेपालकी सावित्रा भण्डारी पनि आबद्ध थिइन्। यदि निलम्बन हटाइएन भने एटीके मोहन बागान सेप्टेम्बर ७ मा घरेलु मैदानमा हुने एएफसी कप अन्तर-जोन सेमिफाइनलबाट बाहिरिनेछ।

यद्यपी, निलम्बनले भारतीय क्लबहरूलाई खेलाडी दर्ता गर्नबाट रोकेको छैन। फिफाको विधानमा पनि खेलाडी दर्ता गर्न सकिने उल्लेख छ। एआईएफएफ स्रोतलाई उधृत गर्दै टाइम्स अफ इन्डियाले लेखेको समाचारअनुसार ट्रान्सफर म्याचिङ सिस्टम (टिएमएल) एक अनलाइन प्रणाली हो जहाँ अन्तर्राष्ट्रिय खेलाडी स्थानान्तरणका लागि प्रयोग गरिन्छ, यो निलम्बन पछि पनि भारतका लागि खुला रहेको छ।

एआईएफएफले गत मंगलबारको निलम्बन पछि ६ खेलाडीहरू दर्ता गरेको बताइएको छ। जसमा नेपालका गोलकिपर किरण लिम्बुको माजिया एस एन्ड सी (माल्दिभ्स) बाट राउन्डग्लास पञ्जाब एफसीमा स्थानान्तरण आइतबार पूरा भएको टाइम्स अफ इन्डियाको दाबी छ।

किरणले यो सिजन माजियाबाट माल्दिभ्सको लिग जितेका थिए। जहाँ उनी सिजनको सर्वोत्कृष्ट गोलकिपर घोषित भएका थिए। किरण पञ्जाब आबद्ध भएको यो पहिलो पटक भने होइन। यसअघि उनले २०१८ र २०२० को सिजनमा पञ्जाबबाट खेलिसकेका छन्।

आईएसएल र आई-लिग क्लबबाहेक प्रदेशस्तरिय क्लबले अन्तर्राष्ट्रिय खेलाडीहरू अनुबन्ध गर्दै छन् र त्यहाँ कुनै समस्याहरू छैनन्। यदि कुनै दर्ता प्रतिबन्ध थियो भने फिफाले लिखित पत्र पठाउने एआईएफएफका एक वरिष्ठ अधिकारीले बताएका छन्। यसले भारतीय क्लबहरूका लागि ठूलो राहत हुनेछ। अन्तर्राष्ट्रिय स्थानान्तरण विन्डो अगस्त ३१ मा समाप्त हुन्छ।

Facebook Comments Box
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0