९ बर्षपछि नेपाल र केन्या भिड्दै, कसले जित्ला खेल ?

समाचार

काठमाडौं : पाँच टी-२० र तीन एकदिवसीय खेलका लागि केन्या भ्रमणमा रहेको नेपाली राष्ट्रिय क्रिकेट टोलीले आज घरेलु टोलीसँग पहिलो टी-२० अन्तर्राष्‍ट्रियमा खेल खेल्दै छ । नैरोवीस्थित जिमखाना क्रिकेट मैदानमा हुने खेल दिउँसो पौने ४ बजे सुरु हुनेछ ।

सन्दीप लामिछानेको कप्तानीमा रहेको नेपालले पहिलो खेलमा मुख्य खेलाडी गुमाउने छ । भिषा समयमै नआउँदा सोमपाल कामी, आदिल अन्सारीलगायत खेलाडी बुधबार मात्रै त्यसतर्फ प्रस्थान गरेका थिए । केही खेलाडी भने बिहीबार बिहान मात्रै त्यसतर्फ पुग्नेछन् ।

मनोज प्रभाकरको प्रशिक्षणमा नेपाल सुखद सुरुआत गर्न चाहन्छ । उनले सबै खेल जित्न खेल्ने बताएका छन् । कप्तान सन्दीपले समेत सबै खेल जित्न खेल्ने बताएका छन । दोस्रो टी(२० भदौ १० गते , तेस्रो भदौ १२ गते, चौंथो भदौ १३ गते र पाँचौ तथा अन्तिम टी(२० भदौ १४ गते हुनेछ । यसपछि नेपालले एकदिवसीय खेल खेल्नेछ ।

नेपाल र केन्याबीच पहिलो पटक टी (२० अन्तर्राष्ट्रिय खेल हुन लागेको हो । आईसीसी टी-२० विश्वकप छनोटका क्रममा नेपाल र केन्याबीच दुई पटक भेट भएको छ । सन् २०१२ मा यूएईमा भएको सो खेलमा नेपालले केन्यालाई ५ विकेटले हराएको थियो । यस्तै, सन् २०१४ मा यूएईमा नै भएको खेलमा केन्याबिरुद्ध नेपालले ६ विकेटको जित निकालेको थियो ।

नेपाली टोलीमा कप्तान लामिछानेसँगै उपकप्तान पौडेल, आसिफ शेख, आरिफ शेख, दीपेन्द्रसिंह ऐरी, देव खनाल, आदिल अन्सारी, करण केसी, ज्ञानेन्द्र मल्ल, सोमपाल कामी, बसिर अहमद, अर्जुन साउद, पवन सरार्फ, साहब आलम, किशोर महतो र विवेक यादव छन्।

 

Facebook Comments Box
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0