करिम बेन्जेमाले जिते वर्ष उत्कृष्ट खेलाडीको अवार्ड

समाचार

काठमाडौं : स्पेनिस महारथि रियाल मड्रिडका फ्रेन्च स्ट्राइकर करिम बेन्जेमाले यूईएफए सर्वोत्कृष्ट वर्ष खेलाडीको अवार्ड जितेका छन्। गत सिजन युइएफए च्याम्पियन्स लिगमा रियल म्याड्रिडलाई च्याम्पियन बनाएका बेन्जेमाले फ्रान्सलाई युइएफए नेसन्स लिगमा सफलता दिलाएका थिए।

३४ वर्षीय बेन्जेमा आफ्नै क्लबका थिबाउट कोर्टोइस र म्यानचेस्टर सिटीका केभिन डे ब्रुइनलाई पछि पार्दै उपाधि जितेका हुन्। ‘म साँच्चै खुशी छु, मैले यो ट्रफी पहिलो पटक जितेको हो तर मेरो लागि सबैभन्दा महत्त्वपूर्ण कुरा टोलीसँग ट्रफी जित्नु हो’, अवार्ड पाएपछि उनले भने।

बेन्जेमा यस वर्ष बालोन‘डि ओर को पनि दाबेदार पनि हुन्। उनले च्याम्पियन्स लिग सिजन २०२१/२२ मा सर्वाधिक १५ गोल गर्नुका साथै चार पटक म्यान अफ दी म्याच भएका थिए। रियाल मड्रिडकै मुख्य प्रशिक्षक कार्लो एन्सेलोट्टीले वर्षको उत्कृष्ट प्रशिक्षक अवार्ड प्राप्त गरेका छन्। उनले युइएफए उत्कृष्ट प्रशिक्षक अवार्ड पाएको यो चौथो पटक हो।

एन्सेलोट्टिले युरोपका शीर्ष पाँच लिगका विभिन्न पाँच टिमबाटै च्याम्पियन्स लिग जितेका छन्। उनकै प्रशिक्षणमा रियाल मड्रिडले गत सिजन सर्वाधिक १४औं पिटक च्याम्पियन्स लिगको उपाधि जितेको थियो। यस्तै वर्षको उत्कृष्ट महिला खेलाडीको अवार्ड एलेक्सिया पुटेलासले जितिन्। वर्षको महिला प्रशिक्षकको उपाधि भने सरिना विगम्यानले हात पारिन्।

Facebook Comments Box
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0