कहिलै नसुध्रिने नेपालको ब्याटिङ, केन्याले दिएको समान्य लक्ष्य समेत भेटाउन सकेन

क्रिकेट

काठमाडौं : घरेलु टोली केन्याले नेपाली राष्ट्रिय क्रिकेट टोलीविरुद्धको दोस्रो टी–ट्वान्टी खेलमा जित निकालेको छ । शुक्रबार भएको खेलमा केन्याले नेपाललाई १८ रनले हराएको हो ।

नैरोबीस्थित जिमखाना क्रिकेट मैदानमा केन्याले दिएको १३३ लनको लक्ष्य पछ्याएको नेपालले १९ ओभरमा सम्पुर्ण विकेट घुमाउँदै मात्र ११४ रन बनायो । नेपालका लागि आरिफ शेखले सर्वाधिक २५ रन बनाए । आदील अन्सारी र रोहित पौडेलले २०/२० रनको योगदान गरे । त्यस्तै पवन सर्राफ १९ रनमा आउट भए । कप्तान सन्दीप लामिछाने ८ जोडे । केन्याका इमानुएल बुन्डी, लुकास औचा र भिराज पटेलले २/२ विकेट लिए ।

यसअघि टस हारेर पहिले ब्याटिङ गरेको केन्याले निर्धारित २० ओभरमा ९ विकेट गुमाएर १३२ रन बनायो । केन्याका लागि राकेप पटेल ३५ रनको योगदान गरे । त्यस्तै नेहिमा ओडिम्बोले २९ रन बनाउँदा इर्फान करिम २२ रन बनाए । बलिङतर्फ नेपालका लागि कप्तान सन्दीप लामिछाने र दिपेन्द्र सिंह ऐरीले समान तीन–तीन विकेट लिए । त्यस्तै करण केसीले दुई विकेट लिँदा पवन सरार्फले एक विकेट लिए ।

यो जितसँगै केन्याले सिरिजमा १/१ को बराबरी गरेको छ । पहिलो खेलमा नेपालले केन्यालाई ५ विकेटले हराएको थियो । पाँच खेलको टी–ट्वान्टी सिरिजको तेस्रो खेल भदौ १२ गते हुनेछ । यसपछि नेपालले एकदिवसीय खेल खेल्नेछ ।

Facebook Comments Box
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0