भारतमाथि फिफाको प्रतिबन्ध फुकुवा

समाचार

काठमाडौं : विश्व फुटबलको सर्वोच्च निकाय फिफाले अल इन्डिया फुटबल फेडेरेसन (एआईएफएफ) माथि लगाएको निलम्बन फुकुवा गरेको छ। भारतीय सर्वोच्च अदालतले एआईएफएफमा चुनाव गराउन निर्देशन दिँदै आफ्नै बोर्ड गठन गरेपछि फिफाले त्यसो नगर्न चेतावनी दिएको थियो। तर, फुटबलको निकायलाई स्वतन्त्र चुनाव गराउन वातावरण नदिएपछि बाहिरी शक्ति हावी भएको भन्दै फिफाले गत साउन ३० गते एआईएफएफलाई निलम्बन गरेको थियो।

तर, दुई साताभन्दा कम समयमै फिफाको ब्यूरो अफ फुटबल काउन्सिलले एआईएफएफमाथि लगाएको निलम्बन फुकुवा गर्ने निर्णय गरेको हो। फिफाद्वारा शुक्रबार जारी विज्ञप्तीमा दैनिक कार्यसञ्चालनका लागि एआईएफएको पुरानै समितिलाई दिने पक्का गरेसँगै निलम्बन फुकुवा गरेको जनाएको छ। फिफा र एएफसीले दैनिक काम कसरी अघि बढ्छ त्यसलाई अनुगमन गर्ने छ। निलम्बन फुकुवासँगै भारतले अक्टोबरमा आयोजना गर्ने तयारी गरेको यू–१७ महिला विश्वकप पनि अब पूर्व निर्धारित समयमै हुने छ।

Facebook Comments Box
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0