नाटकीय पेनाल्टीमा युनाइटेडलाई हराउँदै भिल्लारियलले जित्यो युरोपा लिगको उपाधि

फुटबल

काठमाडौं। म्यानचेस्टर युनाइटेडलाई पेनाल्टी सुटआउटमा पराजित गर्दै स्पेनिस क्लब भिल्लारियलले युरोपा लिग फुटबलको उपाधि जितेको छ। बुधबार राति भएको फाइनलमा भिल्लारियलले म्यानचेस्टर युनाइटेडलाई टाइब्रेकर ११–१० गोलले हराउँदै इतिहासमा पहिलोपल्ट युरोपेली ट्रफी जितेको ।

निर्धारित र थप गरिएको समयमा १–१ को बारबरी भएपछि खेलको निर्णय टाइब्रेकरबाट गरिएको हो । निर्धारित समयको खेलको २९औं मिनेटमा जेरार्ड मोरेनोले गोल गर्दै भिल्लारियललाई अग्रता दिलाएका थिए भने ५५औं मिनेटमा एडिन्सन काभानीले बराबरी गोल फर्काएका थिए ।

टाइब्रेकरमा दुवै टोलीले सुरुवाती १०–१० प्रहार गोल गरेपछि गोलरक्षकहरुले सडन डेथमा प्रहार गर्नुपरेको थियो । त्यसपछि गोलरक्षकको प्रहारमा भिल्लारियलका गोलरक्षक रुल्लीले गोल गरे । तर, युनाइटेडका गोलरक्षक डी जिया अन्तिममा चुके । उनको पेनाल्टी प्रहारलाई भिल्लारियलका गोलकिपरले विफल पारेका थिए।

 

 

Facebook Comments Box
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
1