युरोकप फुटबलका लागि नेदरल्यान्ड्सकाे अन्तिम टोली घोषणा

फुटबल युरो कप

काठमाडौं, १३ जेठ । युरोकप फुटबलका लागि नेदरल्यान्ड्सले २६ सदस्यीय अन्तिम टोली घोषणा गरेको छ। टोलीका मुख्य प्रशिक्षक फ्रान्क डे बोएरले विश्वकप फाइनल खेलेका गोलरक्षक मार्टेन स्टेकेलेनबर्गलाई समेट्दै टाेली घाेषणा गरेका हुन्।

टिमबाट छनोट भएका ३४ खेलाडी मध्ये टोटेनहमका विंगर स्टिभन बर्गवाइनसहित ८ खेलाडी अन्तिम चरणबाट बाहिरिएका छन् । यस्तै, चेटका कारण कप्तान भर्जील भान डाइक टाेलिमा परेका छैनन्।

युरोकप फुटबल जुन ११ देखि जुलाई ११ सम्म युरोपका विभिन्न ११ शहरमा हुँदैछ । नेदरल्यान्ड्सले युरोकपको समूह ‘सी’ अन्तर्गत जुन १३ मा युक्रेनसँग खेल्दै प्रतियोगिताको सुरुवात गर्नेछ।

नेदरल्यान्ड्स टोली :

गोलरक्षक : जास्पर सिलेसन, टिम क्रुल, मार्टेन स्टेकेलेनबर्ग
डिफेन्डर : नाथन आके, डेली ब्लिन्ड, म्याथिस डे लिग्ट, स्टेफान डे भ्रिज, डेन्जेल डमफ्राइज, जुरिएम टिम्बर, प्याट्रिक भान आनहल्ट, जोल भेल्टम्यान, ओवेन विन्दाल
मिडफिल्डर : फ्रेंकी डे जोङ, मार्टेन डे रुन, रायन ग्राभनबर्च, डेभि क्लासेन, तिउन कुपमेनेर्स, डोनी भान डे बिक, जर्जिनियो वाइनाल्डम
फरवार्ड : स्टिभन बर्घिअस, लुक डे जोङ, मेम्फीस डिपाए, कोडी गाक्पो, डोनी मालेन, क्विन्सी प्रोमेस, वुट वेघोर्स्ट

Facebook Comments Box
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
1
+1
0

Leave a Reply

Your email address will not be published. Required fields are marked *