ग्रीक क्लबमा अनुबन्ध ब्राजिलियन डिफेन्डर मार्सेलो

समाचार

ब्राजिलियन डिफेन्डर मार्सेलो ग्रीक क्लब ओलम्पियाकोस एफसीमा अनुबन्धित भएका छन् । ओलम्पियाकोसले शनिबार डिफेन्डर मार्सेलोलाई अनुबन्धित गरिएको जनाएको छ । ओलम्पियाकोसले ३४ वर्षीय डिफेन्डरलाई फ्री ट्रान्सफरमा अनुबन्ध गरेको हो । रियल मड्रिडका पूर्वडिफेन्डर मार्सेलोले ओलम्पियाकोससँग एक वर्षको सम्झौता गरेका छन् ।

स्पेनिस क्लब रियल छाडेपछि मार्सेलो क्लब विहिन थिए । लेफ्ट ब्याकले १५ वर्ष बिताएर सान्टियागो बर्नाबेउ छाडेका हुन् । डिफेन्डर मार्सेलो २००७ मा ब्राजिलको फ्लुमिनेन्स फुटबल क्लबबाट रियल भित्रिएका थिए ।

स्पेनिस क्लबका लागि उनले २५ उपाधि जिते । जसमा ५ च्याम्पियन्स लिग उपाधि छ । रियलका उनले ५४५ खेल खेल्दा ३८ गोल गर्नुका साथै १०३ गोलका लागि अवसर सिर्जना गरेका थिए ।

Facebook Comments Box
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0