बार्सिलोनाले पायो नयाँ मेसि, हरेक खेलमा गर्छन् गोल

फुटबल

काठमाडौं । रोबर्ट लोवानडोवस्कीले स्पेनिस ला लिगाको चार खेलमा पाँचौं गोल गरेको दिन बार्सिलोनाले शनिबार राति सेभियामाथि ३–० को सहज विजय हासिल गरेको छ । पाहुना टोली बार्सिलोनाले २१औं मिनेटमा राफिन्हाले गरेको गोलबाट अग्रता लिएको थियो । ३६औं मिनेटमा जुलेस कोन्डेको पासमा लेवानडोवस्कीले गोल गर्दै बार्सिलोनाको अग्रता दोब्बर बनाए ।

बुन्डेसलिगाको क्लब बायर्न म्युनिखबाट यसै सिजन बार्सिलोना आएका लेवानडोवस्कीले ला लिगाको चार खेलमा पाँच गोल गरिसकेका छन् । पोल्यान्डका फरवार्डले बार्सिलोनाको पहिलो खेलबाहेक पछिल्लो तीनै खेलमा गोल गरेका छन् ।कोन्डेकै पासमा इरिक गार्सियाले ५०औं मिनेटमा अर्को गोल थपेपछि बार्सिलोनाले तीन अंक पक्का गरेको हो । गार्सियाले सिनियर टिममा गोल गरेको यो पहिलो हो ।

बार्सिलोनाको लिगमा यो लगातार तेस्रो जित । क्याटलान क्लबले ला लिगाको पहिलो खेलमा बराबरी खेलेको थियो । चार खेलबाट १० अंक जोडेको बार्सिलोना लिगको दोस्रो स्थानमा छ । जुन शीर्ष क्लब रियाल मड्रिडभन्दा दुई अंकले पछि हो । रियालले सतप्रतिशत नतिजा निकाल्नेक्रममा शनिबार राती रियाल बेटिसलाई २–१ ले हराएको थियो । रियाल बेटिस तेस्रो स्थानमा छ । सेभिया भने एक अंकका साथ १७औं स्थानमा छ ।

गएराती नै सम्पन्न अर्को खेलमा एट्लेटिको मड्रिड रियाल सोसिडाडसँग १–१ को बराबरीमा रोकियो । एट्लेटिकोले अल्भारो मोराटाको गोलबाट पाँचौं मिनेटमा अग्रता लिए पनि त्यसलाई जोगाउन नसक्दा अंक बाड्नु परेको थियो । रियाल सोसिडाडका उमर सदिकले ५५औं मिनेटमा बराबरी गोल फर्काएका थिए । एट्लेटिको ७ अंकका साथ छै्रटौं स्थानमा छ । समान ७ अंक जोडेको रियाल सोसिडाड आठौं स्थानमा छ ।

Facebook Comments Box
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0