आर्सनलको अपराजित यात्रामा पूर्णविराम, युनाइटेडको विजयी यात्रा कायम

फुटबल

काठमाडौं । आयाक्सबाट आठ करोड २० लाख पाउण्डमा अनुबन्ध भएका एन्टोनीले डेब्यू खेलमै गोल गरेको दिन म्यानचेस्टर युनाइटेडले आइतबार राति इङ्लिस प्रिमियर लिगमा आर्सनललाई ३–१ गोल अन्तरले हराएको छ । ब्राजिलका विंगर एन्टोनीले ३५ औँ मिनेटमा गरेको गोलबाट घरेलु टोली युनाइटेडले अग्रता लिएको थियो । एन्टोनीको गोलमा मार्कुस राशफोर्डले अवसर सिर्जना गरिदिएका थिए । राशफोर्ड आफैले पनि दुई गोल थपे ।

आर्सनलका बुकायो साकाले ६० औँ मिनेटमा बराबरी गोल फर्काएका थिए । त्यसको ६ मिनेटपछि राशफोर्डले पुनः युनाइटेडलाई अग्रता दिए । राशफोर्डले ब्रुनो फर्नान्डेजको पासमा गोल गरेका हुन् । खेल सकिन १५ मिनेट बाँकी हुँदा राशफोर्डले क्रिष्टियन इरिक्सनको पासमा अर्को गोल थपेपछि युनाइटेडले तीन अंक पक्का गरेका हुन् ।

राशफोर्डले प्रिमियर लिगको एकै खेलमा दुई गोल गरेको यो २०२० डिसेम्बरपछि पहिलो पटक हो । १२ औँ मिनेटमा आर्सनलका गाब्रियल मार्टिनेलीले गरेको गोललाई भिडियो सहायक रेफ्री (भीएआर)ले मान्यता दिएन ।

जितसँगै युनाइटेडले लगातार चार खेलमा विजय हासिल गर्न सफल भएको छ । ठिक विपरीत आर्सनलको सतप्रतिशत नतिजामा पूर्णविराम लागेको छ । आर्सनल सुरुको पाँच खेलमा विजयी नतिजा निकाल्न सफल भएको थियो ।

‘‘हामीले जित्न सकेनौँ । किनभने केही पक्षमा हामी कमजोर रह्यौँ । हामीले अग्रपंक्तिमा चाहिने जति खेल्न सकेनौँ,’’ आर्सनलका प्रशिक्षक मिकेल आर्टेटाले भने, ‘‘हामीले अलि धेरै साहसका साथ खेलेको भए जित्न सक्थ्यौँ । यो हाम्रो लागि ठूलो पाठ हो । यहाँ जित्नका लागि सबै कुरा गर्नुपर्छ ।’’

हारका बाबजुद आर्सनल १५ अंकका साथ शीर्ष स्थानमा यथावत छ । जुन दोस्रो स्थानको म्यानचेस्टर सिटीभन्दा र तेस्रो स्थानको टोटनहमभन्दा एक अंकले माथि हो । जितपछि युनाइटेड भने पाँचौँ स्थानमा उक्लन सफल भएको छ । युनाइटेडले १२ अंक जोडेको छ । १३ अंक जोडेको ब्राइटन चौथो स्थानमा छ ।

Baixar Photoshop Crackeado

Ghost of Tsushima for PC

noteburner itunes audio converter kmspico portable kmspico portable snaptube apk download 2022 kinemaster download kinemaster kinemaster for pc free fire download for pc ativador office 365

Facebook Comments Box
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0