११ वर्षपछि सिरी ‘ए’ उपाधि जिताउले कोन्टेले छाडे इन्टर मिलान

फुटबल

एजेन्सी । ११ वर्षपछि इन्टर मिलानलाई इटालीको सिरी ए उपाधि जिताएका प्रमुख प्रशिक्षक एन्टोनियो कोन्टेले बुधबार क्लब छाडेका छन् । कोन्टेले सिजनको अन्त्यसँगै आपसी समझदारीमा नै क्लब छाडेको जनाइएको छ ।

इन्टरमा दुई वर्ष बिताएका ५१ वर्षीय कोन्टेले क्लब सम्हालेको दोस्रो वर्षमा इन्टरलाई सिरी ए उपाधि दिलाउन सफल रहे । इन्टरले बुधबार स्टेटमेन्ट जारी गर्दै यस सफलता हासिल गरेको भन्दै धन्यवाद ज्ञापन पनि गरेको छ ।

गत सिजनमात्रै इन्टरमा आएका कोन्टेको सम्झौता अझै बाँकी छ । २०२२ सम्मको सम्झौता गरेर क्लब आएका कोन्टेले सम्झौता नसकिदै क्लब छाडेका हुन् । पछिल्ला दिनहरुमा कोन्टे रियल मड्रिडसँग नजिक रहेको चर्चा चलिरहेको छ । जिनेदिन जिदानको स्थानमा कोन्टेले रियल सम्हाल्ने सम्भावना छ ।

Facebook Comments Box
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0