रोनाल्डो सुपर फ्लप, रियल सोसिडाडसँग म्यानचेस्टर युनाइटेड पराजित

फुटबल

काठमाडौं । युइएफए युरोपा लिग अन्तर्गत म्यानचेस्टर युनाइटेड पराजित भएको छ । गएराती सम्पन्न खेलमा रियल सोसियडाडले म्यानचेस्टर युनाइटेडलाई १-० गोल अन्तरले पराजित गरेको हो ।

रियल सोसियाडाडको जितमा खेलको ५९औं मिनेटमा ब्राइस मेनडेजले पेनाल्टी मार्फत गरेको गोल नै खेलको निर्णायक गोल बनेको थियो ।बेलायतकी महारानी एलिजावेथ द्वितीयको निधन भएपछि पनि ओल्ड टाफोर्डमा यूइएफएको निर्देशन अनुसार खेल भएको थियो ।

महारानीको निधनपछि यस साताका प्रिमियर लिगका खेलहरु भने स्थगित गरिएको छ । यस खेलमा क्रिस्टियानो रोनाल्डो समय खेलेका थिए ।यो जितसँगै समुह इ मा रहेको रियल सोसियडाडले महत्वपूर्ण ३ अंक हासिल गरेको छ ।

Facebook Comments Box
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0