श्रीलंकामाथि ऐतिहासिक जित निकाल्दै भुटान सेमिफाइनलमा

फुटबल

काठमाडौं । श्रीलंकालाई ५-० गोलको नतिजामा पराजित गर्दै भुटानले साफ च्याम्पियनसिपमा ऐतिहासिक जित निकाल्दै सेमिफाइनल प्रवेश गरेको छ । दशरथ रंगाशालामा सम्पन्न समूह चरणाको दोस्रो खेलमा श्रीलंकालाई हराएसँगै छैठौं संस्करण आइपुग्दा भुटानले पहिलो जित निकाल्न सफल भएको छ । साथै पहिलो क्लिनसिट पनि राखेको छ ।

जितसँगै भुटानले सेमिफाइनल प्रवेश गरेको छ ।समूहबीचको अन्तिम खेल नेपाल र श्रीलंकाको नतिजा जे सुकै आएपनि सेमिफाइनल प्रवेश गरेको छ । खेलको ४२ औं मिनेटमा नाम्गेल देमाको गोलमा भुटानले सुरूआती अग्रता बनाएको थियो ।

देकि लाजोमले ५१औं मिनेटमा गरेको गोलसँगै भुटानले अग्रता दोब्बर पारेको थियो । खेलको ६४औं मिनेटमा पाएको पेनाल्टिलाई सदुपयोग गर्दै देकिले गरेको व्यक्तिगत दोस्रो गोलमा भुटानले तीन गोलको अग्रता बनाएको थियो । श्रीलंकाकी डिफेन्डर दिलुक्सनाले पेनाल्टी क्षेत्रमा देकिमाथि फाउल गरेपछि भुटानले पेनाल्टी पाएको थियो ।

सब्सिट्युट खेलाडी छिरिङ लादेनले ८५औं मिनेटमा गोल गर्दै भुटानलाई ४-० को अग्रता दिलाइन् । श्रीलंका माथि हावि भएको भुटानका लागि लादेनले नै खेल सकिन एक मिनेट बाँकि रहँदा गरेको व्यक्तिगत दोस्रो तथा टिमका लागि पाँचौ गोलसँगै भुटानको जित सुनिश्चित गरिन् ।समूह चरणको पहिलो खेलमा नेपालले भुटानलाई ४-० गोलको नतिजामा पराजित गरेको थियो ।

Facebook Comments Box
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0