यस्तो छ नेपाल र इराक बिचको ‘हेट टु हेड’

फुटबल

काठमाडौं : सन् २००७ को एएफसी एसियन कप च्याम्पियन इराकसँग मैत्रीपूर्ण खेलका २३ खेलाडीसहित ३५ सदस्सीय नेपाली राष्ट्रिय फुटबल टोली बुधबार इराकको बस्रा पुगेको छ । नेपाली टिम स्थानीय समयानुसार १०: १५ मा कतार एयरवेजको चार्टर बिमान मार्फत इराक पुगेको हो ।

नेपाल र इराकको राष्ट्रिय टोली पर्सि शनिबार बसरा अन्तराष्ट्रिय मैदानमा मैत्रीपूर्ण खेल हुँदैछ । त्यसपछि जुन पहिलो साताबाट सुरु हुने विश्वकप छनोटका बाँकी खेल खेल्न स्थलमार्ग हुँदै नेपाल कुवेत प्रस्थान गर्नेछ । एसियन च्याम्पियन तथा बिश्वकप समेत खेलिसकेको इराक तुलनात्मक रुपमा बलियो टिम हो । फिफा वरीयतामा नेपालभन्दा इराक १०३ स्थान माथि छ। इराक विश्व वरीयतामा ६८ औं स्थानमा छ भने नेपाल १७१ औं स्थानमा छ। एसियाली वरियतामा इराक सातौं स्थानमा छ ।

त्यस्तै नेपाल र इराकबीचको ‘हेट टु हेड’ मा समेत इराक निकै अगाडि छ । नेपालले अहिलेसम्म तीन पटक प्रतिस्पर्धा गरेको छ । ति तीनै खेलमा इराक विजयी भएको थियो। पछिल्लो पटक २००१ मा भएको विश्वकप छनोटमा इराकले नेपाललाई ४-२ गोलले पराजित गरेको थियो।

मैत्रीपूर्ण र विश्वकप छनोटका लागि कुवेती प्रशिक्षक अब्दुल्लाह अलमुताईरीले मंगलबार २३ सदस्सीय नेपाली टिमको घोषणा गरेका थिए । जहाँ उनले युवा खेलाडीलाई प्राथमिकता दिएका थिए । नेपालले विश्वकप छनोटअन्तर्गत तीन खेल खेल्न बाँकी छ । नेपालले जुन ३ मा चाइनिज ताइपेई, जुन ७ मा जोर्डन तथा जुन ११ मा अस्ट्रेलियासँग खेल्नेछ । विश्वकपमा छनोट हुने नेपालको सम्भावना भने गणितीय रुपमा मात्रै बाँकी छ।

नेपाली टिम

गोलरक्षक : किरण चेम्जोङ, विशाल सुनार र दीप कार्की ।
डिफेन्डर : रोहित चन्द, अनन्त तामाङ, दिनेश राजवंशी, गौतम श्रेष्ठ, सुमन अर्याल र विकास खवास ।
मिडफिल्डर : विशाल राई, मनीष डाँगी, एरिक विष्ट, कमल थापा, सन्तोष तामाङ, सुमन लामा, सुनिल बल, सुरजजिउ ठकुरी, पुजन उपरकोटी र आयुष घलान ।
फरवार्ड : अभिषेक रिजाल, अन्जन विष्ट, नवयुग श्रेष्ठ र आशिष लामा ।

Facebook Comments Box
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
3
+1
6
+1
0
+1
7
+1
4