महिला साफ च्याम्पियनसिप : नेपालले आज श्रीलंकासँग खेल्दै

समाचार

काठमाडौं : नेपालमा जारी छैटौँ संस्करणको महिला साफ च्याम्पियनसिप फुटबलको आफ्नो दोस्रो खेलमा नेपालले आज सोमबार श्रीलंकासँग प्रतिस्पर्धा गर्दैछ । त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा हुने नेपाल र श्रीलंकाबीचको खेल साँझ ५ः३० बजे सुरु हुनेछ ।

यसअघि नेपालले भुटानमाथि ४–० गोलको जित निकालेको थियो । सावित्रा भण्डारी र अनिता बस्नेतले दुई–दुई गोलको सहयोगमा नेपाली राष्ट्रिय महिला फुटबल टोलीले साफ महिला च्याम्पियनसीपमा विजयी सुरुवात गरेको थियो ।

Facebook Comments Box
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0